Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नोराले भनिन्- ‘म ऋतिकसँग स्क्रिन सेयर गर्न चाहन्छु’

    नोराले भनिन्- ‘म ऋतिकसँग स्क्रिन सेयर गर्न चाहन्छु’

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.6K
    SHARES

    मुम्बई : नोरा फतेही बलिउड इन्डस्ट्रीको यस्तो नाम हो जुन नाम सुन्दै युवाको मुटु जोडले धड्कन थाल्छ। नोरा फिल्ममा अभिनयभन्दा पनि डान्स र स्टाइलका कारण चर्चित छिन्।

    हालै उनी एक च्याट सोमा सहभागी भइन्। उनले त्यहाँ उनले आफूले सुपरस्टार ऋतिक रोशनसँग स्क्रिन सेयर गर्न चाहेको बताइन्। ‘म बलिउडमा एक अभिनेतालाई मनदेखि प्रेम गर्छु उनी अरू कोही नभएर ऋतिक रोशन हुन्। यी अभिनेतासँग म पक्कै नृत्य र अभिनय गर्न चाहान्छु।’



    नोरा ऋतिककी ठूलो फ्यान हुन्। उनी भन्छिन्, ‘म ऋतिकलाई धेरै मन पराउँछु। उनी जस्तै डान्सर बन्न चाहन्छु।’ नोरा एक प्रस्तोता, गायिका र अभिनेत्री हुन्। उनले फिल्म ‘स्ट्रिट डान्सर– ३ डी’ बाट धेरै चर्चा कमाइन्। उनको नृत्य मात्रै होइन फिटनेस पनि त्यत्तिकै आकर्षक छ। उनका इन्स्टाग्राम अकान्टमा लाखौं फ्यान छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार