Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।



    महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

    यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार