Online Nepal
  • शनिबार, १२ माघ २०८१
  • प्रभु साहद्वारा कोरोनाबिरुद्ध लड्ने स्वास्थ्य सामग्री वितरण

    प्रभु साहद्वारा कोरोनाबिरुद्ध लड्ने स्वास्थ्य सामग्री वितरण

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले रौतहट–३ मा पर्ने ६ वट स्थानीय तहहरूमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

    कोरोना भाइरसविरुद्धको लडाइमा ऐक्यबद्धता र साथको जति जरुरी रहेको भन्दै मौलापुर, कटहरीया, गुजरा, देवाही गोनाही, गरुडा र फतुवाबिजयपुरमा अत्यावश्यक मेडिकल सामाग्रीहरू उपलब्ध गराएका हुन् ।



    साहले १००० थान सर्जिकल मास्क, १००० थान ग्लब्स, २ सेट पीपीई र स्यानिटाइजर ५/५ लिटर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास उनले व्यक्त गरेका छन् । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगका लागि अग्रसर हुन सबैमा आह्वान पनि गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार