Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना भाइरसबिरुद्द उपचारमा खटिएका चिकित्सकको मृत्‍यु

नयाँदिल्ली । भारतमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला मध्यप्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ ।

६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको मृत्यु भएको हो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा मृत्यु हुने सत्रुघन पहिलो भारतीय चिकित्सक रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

भारतमा यसअघि अन्य चिकित्सक र नर्सहरु पनि कोरोना संक्रमित भइसकेका छन् । भारतमा संक्रमितको संख्या ५ हजार ७ सय भन्दा धेरै पुगिसकेको छ भने १ सय ६६ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साताबाट सकिने लकडाउनलाई फेरी बढाउने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077