Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विशिष्ट व्यक्तिहरुविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने २ जना पक्राउ

    विशिष्ट व्यक्तिहरुविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत विशिष्ट व्यक्तिहरुको फोटो प्रयोग गरी मान मर्दनमा आँच आगउने किसिमले अमर्यादित कार्य गर्ने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क १ स्थायी घरभई हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका चुनीखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ स्थायी घरभई सोही ठाउँ बस्ने ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन् ।



    प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले बेग्ला बेग्लै स्थानबाट दुबै जनालाई आजै नियन्त्रणमा लिएको हो ।



    नाछिरिङमाथि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री लगायतका मन्त्रीरुको फोटो प्रयोग गरी अमर्यादित कार्य गरेको र श्रेष्ठमाथि प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने काम गरेको आरोप छ ।

    पक्राउ परेका दुबै जनामाथि विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरु प्रकाशत गरेकाले आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार