Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • गगन थापाकाे सुझाव: चिकित्सक र सुरक्षाकर्मीको तलब नकाट्नु, बरु हाम्रो काट्नुस्

    गगन थापाकाे सुझाव: चिकित्सक र सुरक्षाकर्मीको तलब नकाट्नु, बरु हाम्रो काट्नुस्

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका छन् । उनले कोरोना भाइरसको संकटका बेला दिनरात सुरक्षामा खुटिएका चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका हुन् ।

    बिहीबार थापाले सामाजिक सञ्जालमार्फत सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव काट्न सुझाए।



    ‘महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब, भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं’, थापाले भनेका छन् ।

    चिकित्सक र सुरक्षाकर्मीहरूको तलव काटेर कोरोना भाइरसको रोकथाम, उपचार तथा राहतका लागि स्थापना गरिएको कोषमा जम्मा गर्न भनेपछि सांसद थापाले तलव नकाट्न सुझाव दिएका हुन् ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार