Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भोली नै काठमाडौं बाहिर पठाउन सकिँदैन : यातायात मन्त्री

    भोली नै काठमाडौं बाहिर पठाउन सकिँदैन : यातायात मन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् ।

    तयारी पूरा नभएको भन्दै मन्त्री नेम्वाङले भोली नै उपत्यका बाहिर पठाउनका नसकिने बताएका हुन् ।



    कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।



    पर्याप्त स्रोत र साधनको अभावकाका कारण तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन नसकिने भन्दै मन्त्री नेम्वाङले काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

    काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार