Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रदेश सरकारको विरोधले डेढ घण्टा पनि टिक्न संघीय सरकारको निर्णय

    भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

    भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । प्रदेश सरकारको विरोधका कारण संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।

    संघीय सरकारले लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गर्ने वित्तिकै प्रदेश सरकारले विरोध जनाएका थिए ।



    प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।



    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।

    तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

    गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ ।

    भोली नै काठमाडौं बाहिर पठाउन सकिँदैन : यातायात मन्त्री

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् ।

    तयारी पूरा नभएको भन्दै मन्त्री नेम्वाङले भोली नै उपत्यका बाहिर पठाउनका नसकिने बताएका हुन् ।

    कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

    पर्याप्त स्रोत र साधनको अभावकाका कारण तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन नसकिने भन्दै मन्त्री नेम्वाङले काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

    काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार