Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारको निर्णय: भोलि र पर्सि उपत्यका बाहिर जान दिने

    सरकारको निर्णय: भोलि र पर्सि उपत्यका बाहिर जान दिने

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं। काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई सुरक्षाकाे व्यवस्थासहित बाहिर जाने दिइने गरी निर्णय भएकाे छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

    भोलिका दिनमा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या नआओस् भनेर पनि गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गर्ने निर्णय गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ ।



    ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर, विद्यार्थीहरु पनि गाउँ फर्किन चाहेका छन् तर लकडाउनका कारण रोकिएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार