Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोना भाइरस मार्न सकिने औषधी बनाएको अष्ट्रेलियन बैज्ञानिकको दावी

    कोरोना भाइरस मार्न सकिने औषधी बनाएको अष्ट्रेलियन बैज्ञानिकको दावी

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडौं। विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को त्रास यति फैलिएको छ कि अर्बौं मानिसहरु त्रसित बनेका छन् । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलिएको छ ।

    कोभिड–१९ कारण हालसम्म ८८ हजार भन्दब बढिले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १५ लाख नाघिसकेको छ ।



    यो महामारीलाई निर्मूल पार्न विश्वका वैज्ञानिकहरु यसको औषधीको खोजीमा जुटिरहेका छन् । अहिलेसम्म यो भाइरसको औषधी बनिसकेको छैन । अमेरिकाका बैज्ञानिकहरुले कोरोनाविरुद्ध मुसामा गरिएको भ्याक्सिन सफल भएको दावी गरेपनि अहिलेसम्म मानिसमा भने प्रयोग गरेको समाचार आएका छैनन् ।



    तर, अस्ट्रेलियाकी एक वैज्ञानिकले कोरोनाको औषधीको आविष्कार गरेको दावी गरेकी छन् । उनले अनुसन्धानपछि टाउकोमा पर्ने जुम्रा मार्न प्रयोग गरिने औषधीमा प्रयोग हुने रसायनबाट कोरोनाभाइरस मार्न सकिने बताएकी हुन् ।

    अस्ट्रेलियाको मोनाश विश्वविद्यालयको बायोमेडिसिन डिस्कभरी इन्स्टिच्युटकी वैज्ञानिक डा काइली वागस्टफले जुम्रा मार्न प्रयोग हुने औषधीको रसायनबाट बन्ने औषधीले केवल ४८ घण्टामै कोरोनाभाइरस मार्न सकिने बताएकी हुन् ।

    उनको यो खोजलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । डा. वागस्टफका अनुसार जुम्रा मार्न प्रयोग हुने यो औषधीमा इभरमेक्टिन नामको रसायन प्रयोग हुन्छ । अनुसन्धानपछि प्राप्त नतिजाको आधारमा उनले यो औषधीको एक डोजले नै कोरोनाभाइरसलाई मार्न सकिने दावी गरेकी छिन् ।

    औषधी दिएको २४ घण्टाभित्रै बिरामीको शरीरमा भाइरस मर्ने क्रम सुरु हुने भन्दै उनले भनिन्–‘अहिलेसम्म यो महामारीको कुनै ठोस उपचार छैन । जबसम्म कोरोनाभाइरस रोक्ने भ्याक्सिन बन्दैन तबसम्म यो औषधीलाई प्रयोग गर्न सकिन्छ ।’

    यो अनुसन्धानलाई त्यहाँको एन्टिभाइरल पत्रिकामा पनि प्रकाशित गरेको छ भने ड्रग तार्गेट रिभ्यु (www. drugtargetreview.com) मा पनि प्रकाशित छ ।

    डा. वागस्टफका अनुसार एन्टि प्यारासाइटिक औषधी परजीविबाट हुने रोगलाई समाप्त गर्न सक्छन् । उनले यो परजीवि प्रतिरोधी औषधीको प्रयोग यसअघि एचआइभी, डेंगु, इन्फ्लुएन्जा र जीका भाइरसको उपचारमा पनि प्रभावकारी रुपमा गरिएको दावी गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार