Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अस्गर अलीसँग बैंकहरुले सम्बन्ध तोड्ने !

    अस्गर अलीसँग बैंकहरुले सम्बन्ध तोड्ने !

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 4.3K
    SHARES

    काठमाडौं । समाचार डिलिट गरेपछि विवादमा तानिएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रविधि (आईटी) सल्लाहकार अस्गल अलीको कम्पनी एफवान सफ्टबाट सेवा लिइरहेका बैङ्क तथा वित्तीय संस्थाले सम्बन्ध तोड्ने विषयमा छलफल थालेका छन्।

    अलीले आफ्नै कम्पनीले बनाएको साइटबाट समाचार हटाएपछि त्रसित बनेका बैङ्करहरुले बैङ्कर्स एसोसिएसनको छलफलमा सम्बन्ध तोड्ने विषयमा कुरा उठाएको स्रोतको दावी छ ।



    स्रोतका अनुसार केहि बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले लकडाउन खुलेपछि एफवान सफ्टसँग सम्बन्ध तोड्नुपर्ने राय राखेका हुन् ।



    नेपालका अधिंकाश वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाको एप एफवान सफ्टले बनाएको छ । कतिपय बैङ्कको डेटा होस्टिङ समेत एफवान सफ्टले गरिरहेको छ ।

    बैङ्कर्स संघको बैठकमा सम्बन्ध तोड्ने विषयमा छलफल भएको बताउँदै एक बैंकका सिइओले भने–‘धेरै जनाले एफवान सफ्टबाट सेवा लिन नहुने राय राख्नु भएको छ ।’

    अलिले बैंकको सिस्टमभित्र छिरेर जे पनि गर्न सक्ने अवस्था आएको भन्दै पछिल्लो समय बैङ्करहरु डराएका छन् । त्यसको फलस्वरुप एशोसियसनले लकडाउनकै बेला सम्बन्ध तोड्ने विषयमा घनीभूत रुपमा छलफललाई जारी राखेको ति सिइओले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार