Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोठामा लगेर रातभरी सामूहिक बलात्कार

    कोठामा लगेर रातभरी सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 5.7K
    SHARES

    नेपालगन्ज। लकडाउनको समयमा बाँकेको कोहलपुरमा एक १४ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका ११ एकतानगर बस्ने २० वर्षीय आकाश मल्ल र दाङको घोराही उपमहानगरपालिका ६ घर भइ कोहलपुरमा मामाको घरमा बस्दै आएका अंकित गिरीले ती बालिकमाथि सामूहिक बलात्कार गरेका हुन्।

    आइतबार राति बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी कुलदिप चन्दले बताए । पीडित बालिकाले प्रहरीलाई दिएको किटानी जाहेरीपछि प्रहरीले मल्ललाई पक्राउ गरिसकेको छ भने गिरी फरार छन् । पीडित बालिकालको प्रहरीले स्वास्थ्य जाँच गरिसकेको छ।



    लकडाउनको समयमा आइतबार साँझ नै छोरी हराएको भन्दै अभिभावकले प्रहरीमा खबर गरेका थिए। अभियुक्तले बालिकालाई कोठामा लगेर रातभरी बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार