Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • लकडाउन उल्लंघन गरेपछि सञ्चारमन्त्रीलाई कारवाही

    लकडाउन उल्लंघन गरेपछि सञ्चारमन्त्रीलाई कारवाही

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.1K
    SHARES

    जोहानेसबर्ग। दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले देशव्यापी जारी लकडाउनको नियम उल्लंघन गरेको भन्दै सञ्चारमन्त्रीकाे दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका छन् । सञ्चारमन्त्री स्टेलान्दाबेनी अब्राहम्स यस्ताे कारवाहीमा परेकी हुन्।

    बुधबार सञ्चारमन्त्रीले लकडाउन उल्लंघन गर्दै एक पूर्वअधिकारीसँग खाजा खाएपछि उनलाई यस्तो कारवाही गरिएको हो । सञ्चारमन्त्रीले ती पूर्वअधिकारीसँग खाजा खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राष्ट्रपतिले कारवाही गरेका हुन् ।



    दक्षिण अफ्रिकामा कोरोना भाइरस महामारी नियन्त्रण गर्न मार्च २७ देखि २१ दिनको लकडाउन घोषणा भएको छ । मानिसहरुलाई खाना, पानी, औषधि किन्ने जस्ता अत्यावस्यक वाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।



    लकडाउन उल्लंघन गरेको भन्दै केही दिनमै दक्षिण अफ्रिकामा १७ हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् । ‘मन्त्रीसहित कोही पनि कानुन भन्दा माथि हुने कुरामा राष्ट्रपतिको विश्वास छैन,’ राष्ट्रपतिका प्रवक्ता खुसेला दिकोले बताइन् ।

    तर प्रमुख प्रतिपक्षी दल ‘डेमोक्रेटिक अलायन्स’ले भने राष्ट्रपतिसमक्ष सञ्चारमन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । साथै उनीविरुद्ध मुद्दा दायर गर्न आग्रह गरेको छ ।दक्षिण अफ्रिकामा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ८ सय ४५ पुगेको छ । साथै १८ जनाको मृत्यु भएको छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार