काठमाडौं। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ जना पुगेको छ। त्यस्तै कोरोनाले १५ लाख १७ हजार ९५ जना संक्रमित भएका छन्। त्यसैगरी ३ लाख २९ हजार ९ सय ५५ जना निको भएका छन्।
बुधबार एकै दिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ। अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन्।
युकेको पनि एकै दिन ९३८ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन्। ६० हजार ७३३ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै स्पेनमा एकै दिन ७४७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित छन्। जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन्।
इटलीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३९ हजार ४२२ संक्रमित छन्। जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply