Online Nepal
  • सोमबार, ९ असार २०८२
  • काेराेनाले इटलीमा मृतकको संख्यामा कमी, त्रास कायमै

    काेराेनाले इटलीमा मृतकको संख्यामा कमी, त्रास कायमै

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 1.4K
    SHARES

    एजेन्सी । इटलीमा आइतबारपछि कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ । तसर्थ, चिन्ता अझै पनि बाँकी छ ।

    यहाँ सुरुवाती चरणको तुलनामा परीक्षणको संख्या पनि बढाइएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ हालसम्म कूल १ लाख ३९ हजार संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।



    एक लाख बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ । यहाँ २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार