Online Nepal
  • मंगलबार, १० असार २०८२
  • बेलायतमा काराेनाकाे कहर: एकैदिन ९३८ को मृत्यु, मृतकको संख्या ७ हजार नाघ्यो

    बेलायतमा काराेनाकाे कहर: एकैदिन ९३८ को मृत्यु, मृतकको संख्या ७ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।

    संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १ सय ३५ जना निको भएर घर फर्किसकेका छन् ।विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।



    चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार