Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सभामुखद्वारा लकडाउनकाे उल्लघंन, होटेल खोल्न लगाएर गरे भोजन

    सभामुखद्वारा लकडाउनकाे उल्लघंन, होटेल खोल्न लगाएर गरे भोजन

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 2.3K
    SHARES

    राजविराज। प्रदेश २ का सभामुख सरोज यादवसहितको टोलीले देशैभर जारी लकडाउनकाे उल्लघंन गरेका छन्। लकडाउनका बेला होटेल रेष्टुराहरु बन्द रहेपनि सभामुख यादवसहितको टोलीलाई होटेल खोलाएर भोजन गराइएको खबर बाहिर आएको  छ।

    प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो ।



    सभामुख यादवसहितको टोली बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापनबारे छलफल गर्नुका साथै कारोना संक्रमणको रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए ।



    टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर अर्कै ठाउँमा खाने भन्दै टोली राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएका थिए । टोलीका सबैले खाना खाएपछि उनीहरु पश्चिम लागेको ड्युटीमा रहेका एक प्रहरीले बताए । सभामुख यादवसँगैको टोलीमा रहेका प्रदेश सभा सचिवालयका सचिव रन्जित यादवले सुरुमा कोसी ब्यारेजमा खाना नखाएको बताएपनि पछि अर्कै स्थानबाट खाना बनेर आएको र होटेलमा बसेको स्वीकार गरे ।

    सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव , अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार