Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • उदयपुरका १३ जनाको काेराेना परीक्षण रिपोर्ट यस्ताे आयाे

    उदयपुरका १३ जनाको काेराेना परीक्षण रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 1.9K
    SHARES

    उदयपुर। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस कोविड-१९ को आशंकामा स्वाब परीक्षणका लागि पठाइएका उदयपुरका १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले संकलन गरेको १२ र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका टोलीले संकलन गरेको १ सहित १३ जनाकै रिपोर्ट नगेटिभ आएको हो।

    स्वाब परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाका ८ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ४ जना र बेलका नगरपालिकाका १ जनाको पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। विरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा संक्रमण देखानपरेको उनले बताए।



    उनले भने, ‘कोरोना भाइरसको दोश्रो चरणमा नेपाल प्रवेश गरिसकेको छ, अहिले आएको प्रारम्भिक रिपोर्ट मात्र हो, कतिपय ठाउँमा अझै पनि लुकेर बसेका व्यक्ति हुन सक्छन्। त्यसले सतकर्ता अझै आवश्यक छ। यही रिपोर्टलाई आधार मानेर ढुक्क भएर बस्ने अवश्था छैन्। रातको समयमा लुकेर अझै पनि गाउँ प्रवेश गरेको भन्ने सुनिन्छ, त्यसैले उच्चसतर्कता अझै आवश्यक रहेको छ। जति सतकर्ता अपनाईयो, त्यति हाम्रा लागि फाईदा हो, रोग भित्रिसकेपछि सकिनै जान्छ, त्यसअघि सावधान अपनाएकै बेस।’

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार