Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कालोबजारी गर्दा गर्दै पक्राउ परेका अग्रवालमाथि ७ दिनको म्याद थप

    कालोबजारी गर्दा गर्दै पक्राउ परेका अग्रवालमाथि ७ दिनको म्याद थप

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको महामारीका बेला मेडिकल उपकरणमा कालोबजारी गर्दा गर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।

    अग्रवालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले बुधबार म्याद थप गरेकाे हाे। जगदम्वा सिमेन्ट र स्टिलका संचालक समेत रहेका अग्रवाललाई महानगरीय अपराध महाशाखाले तीन हजार पर्ने थर्मन गनलाई १५ हजारमा बेच्दा बेच्दै  मंगलबार  पक्राउ गरेको थियो।



    अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए ।



    इन्फारेड थर्मल गनको बजारमूल्य ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ । तर अग्रवालले १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए । अग्रवालले कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर  थर्मल गन कालोबजारी गर्दै आएको खुलेको छ ।

    अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए । प्रहरी नै ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेपछि उनको कालोबजारी धन्दा सार्वजनिक भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार