Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गाउँ गाउँमा कोरोनाकाे सन्त्रास,आवत-जावत रोक्न पुल नै भत्काइयो!

    गाउँ गाउँमा कोरोनाकाे सन्त्रास,आवत-जावत रोक्न पुल नै भत्काइयो!

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 1.5K
    SHARES

    बाजुरा । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस राेक्न अधिकांश  देशमा लकडाउन लगायत त्यहाँकाे सरकाले विभिन्न उपाय अपनाएकाे छ। साेही क्रममा नेपालमा पनि सरकारले देशैभर लकडाउन घाेषणा गरी पूर्ण पालना गराउन विभिन्न उपाय अपनाएकाे छ।

    पछिल्लाे समय गाउँ गाउँमा विदेशबाट मानिसहरू फर्किन थालेपछि काेराेनाकाे त्रास बढेकाे छ। साेही क्रममा सुदूरपश्चिम प्रदेशमा एकै दिन तीनजनामा कोरोना पोजेटिभ देखिएपछि ग्रामीणस्तरमा त्रास बढेको स्वास्थ्य क्षेत्रका जानकारहरूकाे भनाइ छ। ।



    त्योसँगै सुदूरपश्चिम प्रदेश सरकारले ‘लकडाउन’ मा थप कडाई गरेको छ । लकडाउन कडाई गर्न अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइ दिएको छ।



    लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जना रोक लगाएको छ। तर ग्रामीण भेगमा यसको कुनै असर परेको छैन। मानिसको आवत-जावत नरोकिएपछि मेल्लेख गाउँपालिकाले सीमा जोड्ने पुल नै भत्काइ दिएको हो।

    बाजुरा अछाममा भारतबाट आएका धेरै मानिस गाउँमा खुलेयाम घुमिरहेका छन् । भारतबाट आएका सुदूरपश्चिमकै दुई जनामा कोरोना पोजेटिभ देखिएको छ।अहिलेसम्म सुदूरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिसकेको छ।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।पुलका नट पुन: मिलाउने गरी खोलेको बताइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार