Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आइसोलेसन वार्डमै मृत्यु भएका युवकको कोरोना रिपोर्ट यस्ताे आयाे

    आइसोलेसन वार्डमै मृत्यु भएका युवकको कोरोना रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 2K
    SHARES

    कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

    एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बञ्जााडेले बताए । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।



    ‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए । रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार