Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • इटली र स्पेनमा एकैदिन काेराेनाले २ हजार बढीकाे ज्यान गयाे

    इटली र स्पेनमा एकैदिन काेराेनाले २ हजार बढीकाे ज्यान गयाे

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 3.1K
    SHARES

    एजेन्सी। स्पेनमा मंगलबार १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जनामा काेराेना भाइरसकाे संक्रमित पुष्टि भएका छन् । योसहित स्पेनमा मर्नेको संख्या १३ हजार ८ सय ९७ पुगेको छ ।

    उता इटलीमा एकैदिन ६ सय ४ जनाको मृत्यु भएको छ भने ३ हजार ३९ नयाँ संक्रमित देखिएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या १७ हजार १ सय २७ पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ५ सय ५६ जनाको मृत्यु भएको छ ।



    अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८१ हजार ४९ पुगेको छ भने कूल संक्रमितको संख्या १४ लाख ११ हजार ३ सय ४८ पुगेको तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जानकारी दिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार