Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सेती अस्पतालमा परीक्षण गरिएका मध्ये ४ जनामा ‘पोजेटिभ’ रिपोर्ट

    सेती अस्पतालमा परीक्षण गरिएका मध्ये ४ जनामा ‘पोजेटिभ’ रिपोर्ट

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 3.2K
    SHARES

    कैलाली । सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा पोजिटिभ रिपोर्ट आएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

    सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् ।



    अस्पतालका अनुसार हालसम्म उपचार गरेका बिरामीको संख्या २९ रहेको र प्रयोग शालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । अस्पतालकाअनुसार हालसम्म नेगेटिभ रिपोर्ट आउनेको संख्या ५० छ भने रिपोर्ट आउन बाँकी ११ जना रहेका छन् ।



    पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । यी देखिएका ४ जना नयाँ संक्रमित भने होइनन् । नेपालमा अहिलेसम्म देखिएका ९ जना संक्रमित मध्येकै सेती अञ्चल अस्पतालमा ४ जना रहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार