Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दुध ढुवानी सेवा लेखिएको अटोद्वारा मदिरा ओसारपसार

    दुध ढुवानी सेवा लेखिएको अटोद्वारा मदिरा ओसारपसार

    ध्रुवराज खनाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 5.6K
    SHARES

    चितवन । दैनिक उपभोग्य बस्तुको सहज बिक्री वितरणमा प्रयोग हुने सवारी साधनको दुरुपयोग भएको पाइएको छ। हेटौँडामा दुध ढुवानी सेवा लेखिएको एक अटोले अवैध घरेलु मदिरा ओसारपसार गरिरहेको पाइएको हो।

    सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको छ। यस अवधिमा खाद्यान्न, द्वारा , तरकारी लगायत दैनिक उपभोग्य बस्तुको सहज बिक्री वितरणमा प्रयोग हुने सवारीसाधन बाहेक अन्य प्रकृतिका सबै सवारी साधनमा रोक लगाइएको छ।



    तर हेटौँडामा त्यसको फाइदा उठाउँदै द्वारा ढुवानी गर्ने सवारीसाधनले अवैध घरेलु मदिरा ओसारपसार गरिरहेको भेटिएको छ। हेटौँडा उपमहानगरपालिका(२ चौकी टोलमा दुग्ध ढुवानी सेवाको लागि भनेर लेखिएको ना १ ह ५३८९ नम्बरको अटोबाट प्रहरीले १ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो।



    अटोबाट तीन वटा खाली क्यानसहित ५ वटा जर्किनमा अवैध घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक फेन्जु लामासहित अटोलाई नियन्त्रणमा लिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार