Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

    नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। चीनबाट सुरू भएकाे विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ ।

    सहयोग सम्झौतामा आज अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गरे ।



    कोरोनाबाट बच्न पूर्वतयारी र सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैंकले यो रकम नेपाललाई दिएको हो । यो रकम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यक्तिमा कोरोनाको परीक्षण बढाउन, सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी अर्थात कन्ट्याक्ट ट्रेसिङ, आईसीयू कक्षको विस्तार र देशैभर आइसोलेसन कक्षको विस्तारमा खर्च हुनेछ ।



    यस्तै स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुनेछ । विश्व बैंकले विकासशील देशहरुको लागि कोरोनाविरुद्ध लड्न १४ बिलियन अमेरिकी डलको फाष्ट्रयाक सहयोग प्याकेज घोषणा गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार