Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दूध बोक्ने अटो रक्सी र बिरामी बोक्ने एम्बुलेन्स मेडिकल स्टाफ ओसार्छन् !

    दूध बोक्ने अटो रक्सी र बिरामी बोक्ने एम्बुलेन्स मेडिकल स्टाफ ओसार्छन् !

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2K
    SHARES

    हेटौंडा । मकवानपुर जिल्लामा दूध बोक्ने अटोमा केही व्यक्तिले मदिरा ओसारपसार गरेको पाइएको छ। दूधको स्टिकरमा मदिरा मकवानपुर प्रहरीले दूध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दूध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो।

    चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसँगै मदिराको जर्किन बरामद गरेको छ। अटोमा ३ वटा रित्तो दूधको क्यान र ६ वटा घरेलु मदिराको जर्किन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। बरामद जर्किनमा करिब एक सय ४० लिटर मदिरा रहेको जनाइएको छ।



    पाठकका अनुसार ना१ह ५३८९ नम्बरको अटोसहित चालक हेटौंडा ५ का ३३ वर्षीय फेन्जु लामालाई नियन्त्रणमा लिइएको छ।



    त्यस्तै एम्बुलेन्समा मेडिकल स्टाफ ओसार्ने गरेको पाइएको छ। एम्बुलेन्समा ‘स्टाफ’ हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सले एक निजी अस्पतालका मेडिकल स्टाफ बोकिरहेको अवस्थामा प्रहरीको फन्दामा परेको थियो।

    लकडाउनको समयमा एम्बुलेन्सले बिरामी बोक्न छोडेर मेडिकल स्टाफ बोकिरहेका पाइएको हो। मेडिकल स्टाफका लागि कतिपय अस्पतालले छुट्टै गाडीको व्यवस्था गरे पनि केहीले भने एम्बुलेन्सलाई नै मेडिकल स्टाफ बोकेपछि रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान समस्या भइरहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार