Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अन्तराष्ट्रिय उडानमाथिको प्रतिबन्ध कति समयका लागि लम्बियाे?

    अन्तराष्ट्रिय उडानमाथिको प्रतिबन्ध कति समयका लागि लम्बियाे?

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

    यअघि सरकारले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरेकाे थियाे। आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। उनका अनुसार हालका लागि आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ।



    समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विडारीले बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार