Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • भारतमा भागेका सुनसरीका कोरोना सङ्क्रमित पक्राउ

    भारतमा भागेका सुनसरीका कोरोना सङ्क्रमित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपाली फेला परेको भारतीय प्रहरीले जानकारी दिएका छन्।

    धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।



    तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो। प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।

    भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटा भट्टा नजिकैबाट नियन्त्रणमा लिएको छौँ।” उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ।

    बागपतका प्रहरी प्रमुख यादव भन्छन्, हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्। हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार