Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • निलो प्लेटको गाडीमार्फत मेडिकल सामाग्रीको कालोबजारी

    निलो प्लेटको गाडीमार्फत मेडिकल सामाग्रीको कालोबजारी

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीका बेला  नेपाल उद्योग परिसंघ(सीएनआई )का उपाध्यक्ष तथा जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवालले निलो प्लेटको गाडी प्रयोग गर्दै मेडिकल सामाग्रीको कालोबजारी गरेको खुलेको छ ।

    अग्रवाललाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाइन नेपाललाई वताए। अग्रवालले जगदम्बा स्टिल र जगदम्बा सिमेन्ट पनि सन्चालन गर्दै आएका छन्।



    अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए ।



    इन्फारेड थर्मल गनको बजारमूल्य ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ । तर अग्रवालले १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए । अग्रवालले कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर  थर्मल गन कालोबजारी गर्दै आएको खुलेको छ ।

    अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए । प्रहरी नै ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेपछि उनको कालोबजारी धन्दा सार्वजनिक भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार