काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले समाजिक सञ्जाल मार्फत लकडाउनको अवधिमा सरकारले चाहिँ के गरेर बस्छ भनी प्रश्न गरेका छन्।
उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निरन्तर लागू गरेको लकडाउन जनताले साथ दिएको भन्दै अब सरकारले गर्ने काम कुरिरहेको बताएका छन्।
सरकारले दोस्रोपटक लकडाउनको म्याद थपेपछि ट्वीटरमार्फत कांग्रेसका केन्द्रीय सदस्य थापाले यो अवधिमा सरकारले चाहिँ के गर्नुपर्छ ? के गर्ने हो ? भनेर प्रश्न गरेका छन् ।
उनले लकडाउनको अवधि थपिएको भन्दै सरकारलाई ढिला नगरेर कोरोना रोकथामका लागि आवश्यक पर्ने सबै कार्य गर्न सुझाव दिए । ‘कोरोना संक्रमणको जोखिमबाट बच्न र यसको चेन तोड्न यो निरन्तरता अनिवार्य छ’, उनले भने, ‘लकडाउनमा जनताले के गर्नुपर्छ, के गर्नु हुँदैन ? थाहा भैसक्यो, निरन्तर पालना गर्नेछौं ।’
लकडाउनको यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ ? के गर्नेभन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई मेन्सन गर्दै युवा नेता थापाले ओलीको सम्बोधनमा उत्तर सुन्न चाहेको उल्लेख गरेका छन् ।
Leave a Reply