Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा २९ उडानमार्फत २६ सय विदेशी बाहिरिए

    लकडाउनमा २९ उडानमार्फत २६ सय विदेशी बाहिरिए

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडाैँ। सरकारले लकडाउन घोषणा गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ उडान भएका छन् । गत चैत १४ देखि आइतबारसम्म २९ उडानमार्फत २ हजार ६ सय ४८ विदेशी यात्रु बाहिरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार विभिन्न दूतावासले गरेको चार्टर उडानमार्फत २९ उडान भएको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लागेपछि पर्यटकहरू अलपत्र परेका थिए । विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौं ल्याएपछि दूतावासहरूले आफ्ना नागरिकहरू धमाधम फिर्ता लगेको पौडेलले जानकारी दिए ।



    आतबार पनि २ सय ९८ अमेरिकन नागरिक कतार एयरवेजको उडानमार्फत आफ्नो देश फिर्ता भएका छन् । शनिबार जर्मन, फ्रेन्च, मलेसियन र चेकरिपब्लिक दूतावासले ४ वटा जहाज चार्टर गरेर नागरिक फिर्ता लगेको पौडेलले जानकारी दिए ।



    जर्मनी दूतावासले मात्रै चैत १४ यता चारवटा चार्टर उडान गरेर नागरिक फिर्ता लगेका छन् । अझै काठमाडौंमा १ हजारभन्दा बढी विदेशी घरफिर्ताका क्रममा रहेका छन् । जापान, बेलायत, दक्षिण कोरियालगायत देशहरूले अझै आफ्ना नागरिक लगेका छैनन् । बेलायतले नेपाल वायुसेवा निगमको जहाज चार्टरको तयारी गरेको छ । नयाँ पत्रिकाबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार