Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लघंन गर्दै वनभाेजमा रमाउँदै कांग्रेस नेता

    लकडाउन उल्लघंन गर्दै वनभाेजमा रमाउँदै कांग्रेस नेता

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.9K
    SHARES

    कालिकोट। नेपाली काग्रेस खाँडाचक्र नगरपालिका वडासमिति ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर मल्ल, स्वास्थ्य कर्मचारी दुर्ग विक, विद्युत प्राधिकरणका कर्मचारी हरी नेपालीले लकडाउन उलंघन गरेका छन् ।

    नेपाल सरकारले लकडाउनको समयमा भेला, भोज भतेर नगर्ने निर्देशन दिएको वेला काग्रेस वडा सभापती मल्ल,जनप्रतिनिधि, र कर्मचारीसहित ३०/४० जनाको टाली भेला भएर लेकमा गएर बनभोज गरेका हुन् ।



    बिश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा जनप्रतिनिधि, स्वस्थ्यका कर्मचारी, प्रतिपक्ष दलका नेता जस्ता भोजमा मोज गरिरहेको स्थानीयले नाम नवताउने सर्तमा जानकारी गरए । “कोरोना फैलिएको छ, कर्मचारी दलका मान्छे भनेर हुलका हुल दादागिरी गदै हिड्छन केहि भनौ भने कुट्न आउछन”उनले थपे ।



    त्यसो त नेपाली कंग्रेसले रास्कोट, खााडाचक्र लगायतका स्थानमा मास्क वितरण गर्ने नाममा लकडाउनको उलंघन गरिरहेको स्थानीयले गुनासो गरेका छन्। यस्तै देबताले कोरोना भगाउछ भन्दै जिल्लाका विभिन्न स्थानमा लकडाउन उलंघन भइरहेको छ ।

    सान्नीत्रिवेणी लुइयाटा,शुभकालिका,खााडाचक्र,रास्कोट,तिलागुफा लगायतका ठाउमा देवतको पुजा गर्ने भन्दै धेरैजना जम्मा हुने गरेको पाइएको छ ।कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले गाउमा कुनैपनि बाहनामा लकडाउन उलंघन गरेको पाइए कार्वाही गरिने वताए । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार