Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो

    बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ ।
    जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो ।

    त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ ।



    बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदासमेत सम्हालिरहेका थिए तर अब उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती एनएचएस स्वास्थ्यकर्मी प्रधानमन्त्रीको पूर्ण प्रतिबद्धताका साथ हेरविचार गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार