Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • अमेरिकामा काेराेनाकाे कहर: एकैदिन १२ सय ५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख बढी

    अमेरिकामा काेराेनाकाे कहर: एकैदिन १२ सय ५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख बढी

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2K
    SHARES

    एजेन्सी। अमेरिकामा पछिल्लो २४ घण्टामा चीनबाट सुरू भइ विश्वभर महमारीकाे रूपमा फैलिरहेकाे कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

    वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ । यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् ।



    पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार