Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.1K
    SHARES

    चितवन । पश्चिम चितवनमा गैंडाको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ३९ वर्षिय पूर्ण बहादुर कुमाल रहेको बेलसहर मध्यवर्ती सामुदायीक बनका अध्यक्ष चेत वहादुर रानाभाटले जानकारी दिए ।

    रानाभाटका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट कुमालको घटनास्थलमानै मृत्यु भएको हो । कुमाल बेलसहर मध्यवर्ती सामुदायीक वनका सदस्य हुन् । घटना बिहान ११ः ४५ वजे भएको हो ।प्रहरी घटना स्थल सम्म पुगेको छैन । मृतक कुमालको शब घटना स्थलमानै रहेको रानाभाटले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार