Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रहरीलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

    प्रहरीलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल तस्विर

    बारा।  डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकपक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा बा.३ क ७०७ नम्बरको टिपरका चालक सल्यान बागचौर नगरपालिका-४ सिवर टोल बस्ने २० बर्षीय नरेश बिक र ब.।४ ख १४९ नम्बरको मिनिट्रकका चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-६ शिरोडाँडा टोल बस्ने ३० वर्षीय नवराज ब्लोन रहेका छन् ।



    काठमाडौं दक्षिणकालीबाट यात्रु बोकी जाँदै गरेका उक्त सवारी साधनहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त दुवै सवारी साधनका ५० जना यात्रुहरुलाई चिकित्सकद्वारा आवश्यक स्वस्थ्य परीक्षण गराई आ-आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव सहित पठाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार