Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दश घण्टामा लकडाउन उल्लघंन गर्ने १८ सय बढी पक्राउ

    दश घण्टामा लकडाउन उल्लघंन गर्ने १८ सय बढी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रण गर्नकाे लागि अधिकांश देशले विभिन्न उपायहरू अपनाएका छन्। साेही क्रममा नेपालमा पनि विभिन्न उपायहरू अपनाइएकाे छ। पछिल्लाे २ सातादेखि देशभरि लकडाउन जारी रहेकाे छ।

    काठमाडाैँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय १ महिला सहित १८ सय १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजेसम्मकाे अवधिमा उनीहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।



    यसै गरी ५ सय ४४ वटा दुई पाङ्ग्रे र ३७ वटा चारपाङग्रे गरी ५ सय ८१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट १५ सय २३ जना, ललितपुरबाट २ सय ७८ जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएको हो ।



    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार