Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • वन सुरक्षा गस्ती र तस्करबीच गोली हानाहान, पाँच राउण्ड गोली प्रहार

    वन सुरक्षा गस्ती र तस्करबीच गोली हानाहान, पाँच राउण्ड गोली प्रहार

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 4K
    SHARES

    राैतहट। गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वन सुरक्षा गस्ती टोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको छ ।

    गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए/नभएको यकिन हुन सकेको छैन् । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिए ।



    अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताए ।



    लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिए । उनीहरूमाथि आवश्यक कानुनी कारबाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।    – रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार