Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अमेरिकामा बाघमा पनि कोरोना पोजेटिभ

    अमेरिकामा बाघमा पनि कोरोना पोजेटिभ

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकाको न्युयोर्क सहरमा रहेको ब्रोन्क्स चिडियाघरमा रहेको चार वर्षको पोथी बाघलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

    ब्रोन्क्स चिडियाघरले आयोवास्थित नेशनल भेटिनरी सर्भिसमा गरिएको परीक्षणका क्रममा त्यहाँ रहेको चार वर्षको सो बाघमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।



    नादिया नाम गरेको यो पोथी बाघकी बहिनी अजुल र दुई अन्य बाट र तीन अफ्रिकी सिंहमा सुक्खा खोकी देखिएको थियो । ब्रोन्क्स चिडियाघरका कर्मचारीबाट पोथी बाघमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।



    लक्षण देखिएका कुनै कर्मचारी सो स्थानमा पुग्दा बाघमा समेत कोरोना भाइरस संक्रमण भएको हुनसक्ने चिडियाघरले जनाएको छ । चिडियाघरबाट जारी वक्तव्यमा धेरै सावधानीपूर्वक नादियाको परीक्षण गरिएको उल्लेख छ ।

    नादिया र सुक्खा खोकी देखिएका अन्य जनावरको खानामा कमी आएको थियो । तर चिडियाघर व्यवस्थापनले उनीहरुको पर्याप्त हेरचाह भइरहेको जनाएको बीबीसीले लेखेको छ ।

    यी जनावरलाई चिडियाघरमा अलग रुपमा बनाइएको पर्वतीय इलाकामा अलग–अलग राखिएको छ । कोरोना भाइरसले जनावरमा पार्ने असरबारे कुनै जानकारी उपलब्ध छैन । तर निगरानी जारी राखिएको छ ।

    यो चिडियाघरमा चार वटा अन्य बाघ, हिउँचितुवा, चितुवामा भने कोरोनाको लक्षण देखिएको छैन । चिडिया घरबाट जारी वक्तव्यमा अहिलेसम्म पनि मान्छेबाट जनावरमा कोरोना संक्रमण फैलिएको पत्ता लागिसकेको छैन ।

    ब्रोन्क्स चिडियाघर पनि आम मानिसका लागि १६ मार्चदेखि बन्द छ । तर कोरोना भाइरस संक्रमणबाट अन्य जनावरलाई सुरक्षित राख्ने उपायको खोजी भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार