Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मुम्बईकाे अस्पतालमा २६ नर्ससहित तीन चिकित्सकमा देखियो कोरोना संक्रमण

    मुम्बईकाे अस्पतालमा २६ नर्ससहित तीन चिकित्सकमा देखियो कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी । चीनबाट सुरूविश्वभर फैलिरहेकाे नाेबेल कोरोना भाइरस(काेभिड-१९) काे संक्रमण भारतको मुम्बईस्थित एक अस्पतालमा रहेका २६ नर्ससहित तीन जना डाक्टरमा पुष्टि भएको छ।

    सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालमा कार्यरत उनीहरूमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हाे। नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।



    मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना पुष्टि भएको थियो।



    बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ।

    सोमबार बिहानसम्म ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा १ सय १८ जनाको मृत्यु भएको छ । भारतमा २१ दिने लकडाउनका बीच पनि कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ । संक्रमितमध्ये ३ सय २८ जना निको भएका छन् ।

    त्यस्तै आइतबार एकै दिन ७ सय १ जनामा कोरोना संक्रमित भएको देखिन्छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ८८ थियो भने मृत्यु हुनेको संख्या ९९ मात्र थियो ।

    २१ दिने लकडाउन घोषणा गरेको नेपालको छिमेकी मुलुक भारतमा कोरोना फैलाउने मुख्य कारक तबलिगी जमातलाई मानिएको छ । तबलिगी जमातको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा अनुमतिविना भएको मार्च २२ देखि ३० सम्मको धार्मिक भेला मा १४ जना कोरोना संक्रमितले पनि भाग लिएको भनिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार