Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे अवधि थपिने निश्चित!

    मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे अवधि थपिने निश्चित!

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। कोरोना महामारीको रोकथाम नियन्त्रण र यसका लागि गर्नुपर्ने थप तयारीबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको छ । सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने नागरिक उड्यन तथा सँस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    चार बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने मन्त्री भट्टराईले जानकारी दिए । बताए। ‘एक हप्ता थपिन सक्ने सम्भावना छ,’ उनले लाई भने, ‘आजै निर्णय हुन्छ।’



    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस गरेको छैन। तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग लकडाउन लगायतका विषयमा छलफल गरेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार