Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाघमा पनि देखियो कोरोना संक्रमण

    बाघमा पनि देखियो कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ ।

    ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले बताए । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ ।‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।



    मार्च महिनाको अन्तिम हप्तामा सुख्खा खोकी लागेपछि चार वर्षको बाघ नादियाको अप्रिल २ तारिखमा कोरोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए । नादियाका बहिनीहरु दुईवटा साइबेरियन बाघ र तीनवटा अफ्रिकी बाघलाई पनि खोकी लागेको र उनीहरुले खान मन नगरेको बताइएको छ । यद्यपि, उनीहरुमा कोरोनाभाइरसको परीक्षण भने गरिएको छैन । चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको निगरानीमा रहेका छन् । यी सबै निको हुने आशा गरिएको छ ।



    ब्रोन्क्स चिडियाघर सञ्चालन गर्ने वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले यो रोग जनावरहरुमा कसरी सर्छ र यसको प्रभाव कस्तो रहन्छ केही थाहा नभएको बताउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।

    उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ । यसअघि विभिन्न घरपालुवा जनावरमा कोभिड–१९ को संक्रमण देखिएको थियो । हङ्गकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार