Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पछिल्लाे २४ घण्टामा इटाली र फ्रान्समा साताभरिकै न्यून मृतककाे संख्या

    पछिल्लाे २४ घण्टामा इटाली र फ्रान्समा साताभरिकै न्यून मृतककाे संख्या

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटाली र फ्रान्समा गत २४ घण्टाभित्र न्यून संख्यामा मृत्यु भएको छ। पछिल्लो एक साताको तथ्यांकका आधारमा न्यून मृत्यु भएको हो।

    गत २४ घण्टाभित्र इटालीमा ५२५ जनाको ज्यान गएको छ भने फ्रान्समा ५१८ जनाले ज्यान गुमाएका छन्। यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ८८७ तथा फ्रान्समा ८ हजार ९३ पुगेको छ।



    यसैगरी इटालीमा थप ४ हजार ३१६ नयाँ संक्रमित भेटिएका छन्। यससँगै इटालीमा १ लाख २८ हजार ९४८ मा संक्रमण पुष्टि भइसकेको छ। फ्रान्समा गत २४ घण्टाभित्र २ हजार ८८६ थप संक्रमित भएका छन्। यससँगै फ्रान्समा संक्रमित संख्या ९३ हजार ७७३ पुगेको छ। अमेरिकामा भने कोरोना संक्रमण अझै तीव्र देखिएको छ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार