Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • कोरोना महामारी: अमेरिकामा एकै दिन हजार बढीले गुमाए ज्यान

    कोरोना महामारी: अमेरिकामा एकै दिन हजार बढीले गुमाए ज्यान

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.2K
    SHARES

    एजेन्सी। कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा २५ हजार १९३ थप संक्रमित भेटिएका छन् भने थप १ हजार १५९ ले ज्यान गुमाएका छन्।

    अलजजिराका अनुसार न्यूयोर्क राज्यमा मात्र ५९४ को ज्यान गएको छ। यससँगै अमेरिकामा मर्नेको संख्या ९ हजार ६१९ पुगेको छ।अमेरिकामा भने कोरोना संक्रमण अझै तीव्र देखिएको छ।



    गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण हालसम्म विश्वभर ६९ हजार ४१९ ले ज्यान गुमाइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार १२ लाख ७२ हजार ११५ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी हालसम्म २ लाख ६० हजार १२ जना निको भएका छन्।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार