Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • कञ्चनपुरमा ३४ को काेराेना परिक्षणकाे रिपोर्ट यस्ताे आयो

    कञ्चनपुरमा ३४ को काेराेना परिक्षणकाे रिपोर्ट यस्ताे आयो

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडाैँ । कोभिड–१९ का संक्रमित पहिचानका लागि सरकारले किटमार्फत द्रुत परीक्षण गर्ने निर्णय गरे पनि सुरु हुन दुई/तीन दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताएका छन् । ‘आज बिहानैदेखि फलो गरिरहेको छु,’ उनले भने । उनले हाल क्वारेन्टाइनमा रहेका र त्यसबाहेक अन्य शंकास्पद र संक्रमितको सम्पर्कमा आएकाहरूको र्‍यापिड टेस्ट गरिने बताए ।

    र्‍यापिड टेस्टबारे महाकाली अस्पतालका डाक्टरहरू पनि अन्योलमा छन् । सरकारले किटबाट टेस्ट गर्ने भने पनि कस्तो किट हो र कहिले आउने हो भन्ने विषयमा अलमल रहेको उनीहरूले बताए । ‘किटबाट टेस्ट गर्ने भनिएको छ तर त्यो कस्तो हो केही थाहा छैन,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘संक्रमण दोस्रो चरणमा पुगिसकेपछि परीक्षणको दायरा बढाउनै पर्छ ।’



    डा. आचार्यले क्वारेन्टाइनमा रहेका, रिपोर्ट पोजेटिभ आएका वा सम्भावित आउने व्यक्तिको सम्पर्कमा रहेका सबैको परीक्षण गरिने बताए । स्थानीय तहले शंकास्पद भनी पठाएका व्यक्तिको पनि परीक्षण गरिने उनले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार