Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मास्क लगाउने विषयमा विवाद हुँदा प्रहरीले गोली हान्यो

    मास्क लगाउने विषयमा विवाद हुँदा प्रहरीले गोली हान्यो

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.1K
    SHARES

    फिलिपिन्स। फिलिपिन्समा सरकारले लागू गरेको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई प्रहरीले शनिबार गोली हानेर मारेको छ । ती व्यक्ति मास्क लगाउने विषयमा दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको चेकप्वाइन्टमा त्यहाँका स्वास्थ्य अधिकारी र प्रहरीसँग झगडा गरेका थिए ।

    मास्क नलगाई बाहिर निस्किएका ती व्यक्तिलाई स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गरेपछि उनी आक्रोशित भए ।



    स्वास्थ्यकर्मीको आग्रहपछि आक्रोशित भएका उनले अपशब्द बोल्दै कर्मचारीमाथि धारिलो हतियारले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कर्मचारीलाई आक्रमण गरेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए । विश्वमै सम्भवतः भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको नियम उल्लंघन गर्ने व्यक्तिलाई गोली हानिएको यो पहिलो घटना हो ।



    राष्ट्रपति रोड्रिगो दुतेर्तेले नियम उल्लंघन गर्ने जोकोहीलाई गोली हान्न सुरक्षाकर्मीलाई बुधबार आदेश दिएका थिए । उनले भनेका छन्, ‘प्रतिबन्धविना भाइरस नियन्त्रण हुँदैन, यदि तिमी यो नियम मान्दैनौँ भने अरू निर्दोष मानिसको ज्यान बचाउन म तिम्रो जीवन समाप्त गर्दिन्छु ।’

    फिलिपिन्समा तीन हजार ९४ जना भाइरसबाट संक्रमित भएका छन् भने एक सय ४४ को मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ५७ जना निको भएका छन् ।

    त्यहाँको लुजोन प्रान्त एक महिनाभन्दा अगाडिदेखि बन्द गरिएको छ भने यसबाहिरका अन्य प्रान्तहरूले भाइरसको प्रकोप फैलिन नदिन आफैँ लकडाउन गरेका छन् ।

    फिलिपिन्सको एम्नेस्टी इन्टरनेसनलले दुतेर्तेले मानिसको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाएका छन् । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार