Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जोड जोडले गफ गरेको निहुँमा ५ जनाको हत्या

    जोड जोडले गफ गरेको निहुँमा ५ जनाको हत्या

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 3.1K
    SHARES

    मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

    नुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।



    राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ । –एएफपी/



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार