Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना भाइरसविरुद्ध लड्न भारतभर बिजुली बन्द गरेर दीप प्रज्वलन

    कोरोना भाइरसविरुद्ध लड्न भारतभर बिजुली बन्द गरेर दीप प्रज्वलन

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) विरुद्ध जनचेतना फैलाउनका लागि भारतभर आज ९ बजे ९ मिनेटमा बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न अपिल गरेका थिए।

    भारतीय संचारमाध्यमहरुका अनुसार मोदीको अपिललाई सहर्श मान्दै राति ९ बजे ९ मिनेट बिजुली  बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले ऐक्यवद्धता जनाएका थिए ।



    मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने दाबी गरेका थिए।



    भारतीय प्रधानमन्त्री मोदीले दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।

    हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ८९ जनाको जनाको मृत्‍यु भएको भने ३५ सय भन्दा बढीमा संक्रमण देखिएको छ। त्यस्तै २८० जनाको उपचार भइसकेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार