Online Nepal
  • बुधबार, २ माघ २०८१
  • स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनअनुसार

    देशभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय

    देशभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले कोरोना भाइरस(कोभिड १९ )विरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

    त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । त्यस्तै, सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने जनाएको छ।



    कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय गरेको छ । बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार