Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एघार जिल्लाका वनमा डढेलो, अधिकांश स्थानकाे आगो नियन्त्रणमा छैन

    एघार जिल्लाका वनमा डढेलो, अधिकांश स्थानकाे आगो नियन्त्रणमा छैन

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 3.9K
    SHARES

    काठमाडौं । एकै दिन एघारा जिल्लाका वनमा डढेलो लागेकाे छ। बितेको २४ घण्टामा झापा, इलाम, सुनसरी, बारा, चितवन, महोत्तरी, सप्तरी, सर्लाही, तनहुँ, उदयरपुर, धादिङ लगायतका जिल्लाका वनहरुमा धेरै डढेलो लागेकाे हाे । धेरै स्थानमा अझै आगो नियन्त्रणमा आएको छैन ।

    वन विभागको तथ्यांकअनुसार आइतबार मध्यान्हबाट बितेको २४ घण्टामा देशरभर ३७ ठाउँका डढेलो लाग्यो । कतिपय स्थानमा अहिले पनि लागिरहेको छ ।



    वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्मा यो तथ्यांक देखेर आफूहरु अच्चमित भएको बताउँछन् । ‘हामीलाई यसपटक अधिकांश मान्छे घरभित्र भएकाले डढेलोको घटना कम हुन्छ भन्ने विश्वास थियो,’ उनी भन्छन्, ‘तर रोचक के छ भने घट्ने हैन, डढेलो लाग्ने क्रम विगतको यही समयको तुलनामा अहिले बढी छ ।’



    देश लकडाउनमा छ, सरकारलाई विश्वास छ कि सबै नागरिक घरभित्र सुरक्षित रुपमा बसीरहेका छन् । तर, सरकारकै अधिकारीहरुलाई भने सबै मान्छे घरभित्रै छन् भन्नेमा विश्वास छैन । कारण हो, वनहरुमा भइरहेका आगलागीका अत्यधिक घटना ।

    औसतमा वर्षमा नेपालमा औसत २५ सय वटा आगलागीका घटना हुन्छन् । यस्तो आगलागीको घटना मुख्य रुपमा यसै सिजनमा हुन्छ । औसत करिब २ लाख हेक्टर वन क्षेत्रलाई आगोले प्रभावित गर्छ । यो वर्ष पनि सो तथ्यांकमा कमी आउने अवस्था नदेखिएको उपसचिव शर्मा बताउँछन् ?

    २०१९को अप्रिल ५ मा ६ वटा जिल्लाका १४ ठाउमा आगलागी भएको थियो । २०१८को अप्रिल ५ मा १२ जिल्लाका ३४ वटा जंगलमा आगो फैलिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार